क्रिकेट

श्रीलंकाले भारतलाई जितबाट रोक्यो

इकागज |
साउन १९, २०८१ शनिबार ७:१६ बजे

काठमाडौँ- भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल बराबरीमा रोकिएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल बराबरीमा रोकिएको हो ।

श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन नै बनाएपछि खेल बराबरीमा रोकिएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल बराबरीमा रोकिएको हो ।


भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यो खेल बराबरीमा रोकिएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।


Author

थप समाचार
x