क्रिकेट

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालसहित पाँच देशले गर्ने

इकागज |
भदौ १, २०८१ शनिबार १२:५४ बजे

काठमाडौँ- नेपालले आईसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ ।


यू-१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।

१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।


Author

थप समाचार
x