क्रिकेट

टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान

इकागज |
भदौ ५, २०८१ बुधबार ८:१ बजे

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो कीर्तिमान टी–२० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो ।

सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यो ओभरमा ३ नो बल पनि परेको थियो । योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ ।


यसअघिको कीर्तिमान ३६ रनको थियो । भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्रसिंह ऐरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए । ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् तर ३ नो बलका कारण उनले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् ।

सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो ।


Author

थप समाचार
x