क्रिकेट

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

इकागज |
भदौ १६, २०८१ आइतबार १९:४६ बजे

तस्बिर- क्यान

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ ।  

भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलंका प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलंकाको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । 


टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् । 
 


Author

थप समाचार
x