क्रिकेट

एनपिएलको कुन टीम कसले किने ? पोखरा साढे तीन करोड बिक्री हुँदा कर्णालीले पायो एक करोड मूल्य

इकागज |
भदौ २१, २०८१ शुक्रबार ७:५१ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा बिहीबार क्लोज डोरमा सम्पन्न बिडिङमार्फत पोखरा एनपिएलमा सर्वाधिक मूल्यमा बिक्री भएको फ्रेन्चाइज टोली बनेको हो ।

आगामी नोभेम्बर ३० तारिखदेखि हुने एनपिएल हुँदैछ । एनपिएलमा पोखराको स्वामित्वका लागि नेपाल टी-२० प्रालिले तीन करोड ५७ लाख खर्चिएको छ । त्यसैगरी काठमाडौँको स्वामित्व कान्तिपुर पब्लिकेसनले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा किनेको छ ।


जनकपुरका लागि ड्रिम्सले दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको छ । त्यस्तै फच्र्युना हेल्थ केयरले लुम्बिनीका लागि एक करोड ८६ लाख रुपैयाँ खर्चिएको छ ।

त्यसैगरी मेडिकल कलेजले चितवनका एक करोड ७६ लाख एक हजार रुपैयाँमा किनेको छ ।

एम्पायर स्पोर्ट्सले सुदूरपश्चिमको फ्रेन्चाइज किनेको छ । उसले एक करोड ६८ लाख ८ हजार ८८ रुपैयाँमा किनेको हो । त्यस्तै एमएडी ड्रिम्स स्पोर्टसले विराटनगरका लागि एमएडीले एक करोड ५१ लाख रुपैयाँ खर्चिएको छ । 

त्यस्तै कर्णालीले सबैभन्दा कम मूल्य पाएको छ । कर्णालीको स्वामित्वका लागि हिमालयन बिल्डरले एक करोड ११ लाख ७० हजार रुपैयाँ खर्चिएको क्यानले जनाएको छ ।


Author

थप समाचार
x