क्रिकेट

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

इकागज |
भदौ २९, २०८१ शनिबार ८:१९ बजे

काठमाडौँ- टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ । गएराती भएको खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


इङल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्बाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्वाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिज १-१ को बराबरीमा आएको छ र अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ ।


Author

थप समाचार
x