क्रिकेट

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

इकागज |
भदौ ३१, २०८१ सोमबार २१:१४ बजे

काठमाडौँ - अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

यो लिग-२ मा अमेरिकाको पाँचौं खेलमा तेस्रो जित हो । यो खेलपछि अमेरिकाको ५ खेलमा ६ अंक रहेको छ र पाँचौं स्थानमा छ । त्यस्तै नामिबियाको भने ९ खेलमा ८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब अमेरिकाले अर्को खेल बुधबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले आगामी शुक्रबार युएईको सामना गर्ने छ ।
  


Author

थप समाचार
x