क्रिकेट

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

इकागज |
असोज ४, २०८१ शुक्रबार १५:५७ बजे

काठमाडौँ - भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउँदै अलआउट भएको थियो ।

योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंगमा २२७ रनले पछाडि परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।


बंगलादेशलाई अल आउट गर्ने क्रममा भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिंगमा ३७६ रन बनाएको थियो ।

जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए । 


Author

थप समाचार
x