क्रिकेट

अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी, सिरिजमा अफगानिस्तानको कब्जा

इकागज |
असोज ७, २०८१ सोमबार ८:२४ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । गएराती भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४ ओभरमै अलआउ हुँदै १६९ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपछि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एकदिवसीय सिरिज २-१ जितेको छ । अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ ।

यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन् । उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाएका थिए ।  


Author

थप समाचार
x