आइसीसी वरियतामा नेपाल एक स्थान तल झर्यो
फाइल फाेटाे
काठमाडौँ - आइसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आइसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औं स्थानमा पुगेको हो । यस अघि नेपाल १६औं स्थानमा रहेको थियो ।
त्यस्तै पछिल्ला खेलहरूमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडि १६औं स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औं स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औं स्थानमा पुगेको छ ।
त्यस्तै एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया