क्रिकेट

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

इकागज |
असोज १०, २०८१ बिहीबार २०:५३ बजे

काठमाडौँ - नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।​

युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएई ४३.२ ओभरमा अल आउट हुँदै १९० रन मात्र बनाएको थियो ।

नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौँ हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।


Author

थप समाचार
x