क्रिकेट

न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक

इकागज |
असोज ११, २०८१ शुक्रबार १८:५६ बजे

काठमाडौँ-  श्रीलंकाले न्यूजिल्याण्डविरुद्धको दोस्रो टेस्टमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको छ । टेस्टको दोस्रो दिन श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिंग घोषणा गरेको हो ।

श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।


आफ्नो  पहिलो इनिंग शुरु गरेको न्यूजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाउदै २२ रन बनाएको छ । २ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।


Author

थप समाचार
x