क्रिकेट

आइपीएलका हरेक खेलमा खेलाडीले साढे सात लाख 'म्याच फि' पाउने

इकागज |
असोज १३, २०८१ आइतबार ८:४ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपीएल)मा आउँदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु 'म्याच फि' पाउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपीएलको एक खेलको 'म्याच फि' साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् ।


आइपीएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम 'म्याच फि' बापत पाउने भएका हुन् ।

आइपीएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् । 

शाहले खेलाडीका लागि आइपीएलमा नयाँ युग शुरु भएको बताएका छन् ।


Author

थप समाचार
x