क्रिकेट

पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा

इकागज |
असोज १३, २०८१ आइतबार १८:१९ बजे

काठमाडौँ - पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।


उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु । यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान गर्न पाउँदा मलाई गर्व छ ।
 
मलाई हाम्रा खेलाडीहरूको प्रतिभा र भावनामा पूर्ण भरोसा छ र हाम्रो टोलीले शीर्ष स्थानमा पुग्ने प्रयास जारी राखेकोमा सबैलाई शुभकामना दिन्छु ।'


Author

थप समाचार
x