क्रिकेट

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

इकागज |
असोज १५, २०८१ मंगलबार १४:२६ बजे

काठमाडौँ  - भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जितेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।

यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।


खेलको तीन दिन वर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिँदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो  । चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडि रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।

यस अघि भारतले आज आफ्नो पहिलो इनिङ्गमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ्ग घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्गमा ५२ रनको अग्रता लिएर इनिङ्ग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिङ्गमा २३३ रन बनाएर अल आउट भएको थियो । 

भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।
 


Author

थप समाचार
x