क्रिकेट

बाबर आजमले दिए कप्तानीबाट राजीनामा

इकागज |
असोज १६, २०८१ बुधबार १३:६ बजे

काठमाडौँ- पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउँदै आफ्ना फ्यानहरूलाई धन्यवाद समेत दिएका छन् ।


बाबर आजमले भनेका छन्- 'म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।'

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउँदै उनले अब आफ्नो परिवारसँग समय बिताउनेसमेत लेखेका छन् । उनले भनेका छन्- 'हामीले सँगै जे हासिल गर्‍यौँ त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।'

पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x