क्रिकेट

महिला टी-२० विश्वकप : भारतमाथि न्यूजिल्याण्डको शानदार जित

इकागज |
असोज १९, २०८१ शनिबार ७:४८ बजे

काठमाडौँ- जारी आइसीसी महिला टी-२० विश्वकपमा न्यूजिल्याण्डले भारतलाई पराजित गरेको छ । गएराति भएको खेलमा न्यूजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।

न्यूजिल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।


यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

अब न्यूजिल्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।


Author

थप समाचार
x