क्रिकेट

महिला टी-२० विश्वकपमा इङल्याण्डको विजयी शुरुवात

इकागज |
असोज २०, २०८१ आइतबार ८:५९ बजे

काठमाडौँ- जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा इङल्याण्डले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ११९ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो ।


यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

यो जितपछि इङल्याण्डले पहिलो खेल जितेर २ अंक हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

इङल्याण्डले अब अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने बंगलादेशले विहिबार वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।


Author

थप समाचार
x