क्रिकेट

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

इकागज |
असोज २१, २०८१ सोमबार ७:२१ बजे

काठमाडौँ- भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडि भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुदै छ ।


Author

थप समाचार
x