क्रिकेट

नेपालले क्यानडा एचपीसँगको अभ्यास खेल जित्यो

इकागज |
असोज २२, २०८१ मंगलबार ९:२ बजे

काठमाडौँ- नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति भएको खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो । 


नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग-२ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० को ४ मध्ये २ खेल जितेको थियो । 

अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।


Author

थप समाचार
x