क्रिकेट

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक

इकागज |
असोज २३, २०८१ बुधबार १९:४८ बजे

काठमाडौँ - पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी ब्रुकले कीर्तिमानी ब्याटिंग गरेका छन् । 

आफ्नो टेस्ट क्यारियरमा ३५औँ शतक बनाउदै जो रुटले यो समाचार तयार गरुन्जेल १६८ रन बनाएर खेलिरहेका छन् ।  उनी इङल्याण्डबाट सर्बाधिक टेस्ट शतक र टेस्ट रन बनाउने खेलाडी हुन् । 


त्यसैगरी उनी विश्व क्रिकेटमा धेरै शतक बनाउने सूचीमा समेत छैटौं स्थानमा उक्लिएका छन् ।

त्यस्तै इङल्याण्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकले आक्रामक ब्याटिंग गर्दै आफ्नो छैटौं टेस्ट शतक बनाएका छन् ।  यो समाचार तयार गरुन्जेल ब्रुक १२८ रन बनाएर खेलिरहेका छन् । 

रुट र ब्रुकले अहिलेसम्म चौथो विकेटका लागि २२२ रनको साझेदारी गरेका छन् ।

यो समाचार तयार गरुन्जेल इङल्याण्डले यस टेस्टमा ३ विकेट गुमाएर ४७१ रन बनाएको छ र ८६ रनले पछाडी रहेको छ ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ५५६ रन बनाएको थियो । 
   
 


Author

थप समाचार
x