क्रिकेट

जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक

इकागज |
असोज २८, २०८१ सोमबार १०:५ बजे

काठमाडौँ- आइपिएल टिम मुम्बई इण्डियन्सले श्रीलंकाका पुर्व ब्याट्सम्यान महिला जयवर्धनेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मुम्बई इण्डियन्सले जयवर्धनेलाई पुन मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि २०१७ देखि २०२२ सम्म मुम्बईको प्रशिक्षक थिए । पछिल्लो दुई सिजन मुम्बईको प्रशिक्षक मार्क बाउचर रहेका थिए ।


जयवर्धने प्रशिक्षक हुँदा मुम्बईले २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । पछिल्लो सिजनमा भने मुम्बई पुछारमा रहेको थियो ।


Author

थप समाचार
x