क्रिकेट

न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

इकागज |
असोज २९, २०८१ मंगलबार ८:१४ बजे

न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो ।


यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डको समूह ए मा ४ खेलमा ६ अंक भएको छ र समूहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।  


Author

थप समाचार
x