Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

क्रिकेट

न्यूजिल्याण्डको भारतविरुद्ध पहिलो टेष्टमा उत्कृष्ट शुरुवात

इकागज |
कात्तिक १, २०८१ बिहीबार १८:३३ बजे

काठमाडौँ - न्यूजिल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो दिन वर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन भारतलाई ४६ रनमा अल आउट गरेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिँदा ३ विकेट बनाएर १८० रन बनाउँदै पहिलो इनिङ्गमा १३४ रनको अग्रता बनाएको छ ।


न्यूजिल्याण्डका लागि डेभोन कोनवेले सर्बाधिक ९१ रन बनाए भने विल योंगले ३३ र कप्तान टम लाथमले १५ रन बनाए । त्यस्तै रचिन रविन्द्र २२ तथा डार्यल मिचेल १४ रन बनाएर खेलिरहेका छन् । त्यस्तै भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारत केवल ४६ रनमा नै अल आउट भएको थियो ।    


Author

थप समाचार
x