Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

इङ्‌ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १३:२५ बजे

काठमाडौँ- पाकिस्तानले इङ्‌ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङ्‌ल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।


इङ्‌ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो भने इङ्‌ल्याण्डले पहिलो इनिङमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङ्‌ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।


Author

थप समाचार
x