क्रिकेट

न्युजिल्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

इकागज |
कात्तिक ५, २०८१ सोमबार ७:१ बजे

काठमाडौँ- न्युजिल्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो ।


न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए ।


Author

थप समाचार
x