क्रिकेट

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

इकागज |
कात्तिक ५, २०८१ सोमबार ७:३८ बजे

काठमाडौँ- अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।


अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।


Author

थप समाचार
x