क्रिकेट

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज 'क्लिन स्विप'

इकागज |
कात्तिक ५, २०८१ सोमबार ९:१२ बजे

काठमाडौँ- नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज 'क्लिन स्विप' गरेको छ ।

टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज 'क्लिन स्विप' गरेको हो ।


अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए । आसिफले टी-२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए ।

त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज 'क्लिन स्विप' गरेको यो पहिलो पटक हो ।

नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्ने छ ।


Author

थप समाचार
x