क्रिकेट

एन्डरसन फिलिप पोखराबाट एनपीएल खेल्ने

इकागज |
कात्तिक ७, २०८१ बुधबार १२:८ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। २८ बर्षिय फिलिपलाई पोखरा एभेन्जर्सले भित्राएको जानकारी दिएको हो ।

यस अघि पोखराले नेदरल्याण्डसका बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।


पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।


Author

थप समाचार
x