Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

क्रिकेट

बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १२:४ बजे

काठमाडौँ-  दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।

यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन ।


यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ ।


Author

थप समाचार
x