क्रिकेट

अमेरिकी क्रिकेटर ट्रोम्प जनकपुरबाट एनपीएल खेल्ने

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार १२:४८ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ । जनकपुरले जोसुअलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याटसम्यान र दायाँ हाते मेडियम पेस बलर हुन् ।


जनकपुरले यसअघि न्यूजियाल्डका जिम्मी निशामलाई भित्र्याएको थियो ।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 


Author

थप समाचार
x