क्रिकेट

एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

इकागज |
कात्तिक १०, २०८१ शनिबार १३:२३ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ ।

२९ वर्षीय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो ।


इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो ।

काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।


Author

थप समाचार
x