क्रिकेट

भारतविरुद्धको टेस्ट सिरिजमा न्युजिल्याण्डको लगातार दोस्रो जित

इकागज |
कात्तिक १०, २०८१ शनिबार १६:४५ बजे

काठमाडौँ - न्युजिल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

न्युजिल्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो ।


योसँगै भारतले १२ बर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ ।

यस टेस्टमा न्युजिल्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर अल आउट भएको थियो ।

यसअघि न्युजिल्याण्डले पहिलो इनिङ्गमा २५९ रन बनाएको थियो भने भारतले १५६ रन मात्र बनाएको थियो । त्यस्तै न्युजिल्याण्डले दोस्रो इनिङ्गमा २५५ रन बनाएको थियो ।

यो जितपछि न्युजिल्याण्डले ३ खेलको टेस्ट सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो टेस्ट नोभेम्बर १ देखि मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।


Author

थप समाचार
x