क्रिकेट

आइपिएल टिम लखनउले केएल राहुललाई रिटेन नगर्ने !

इकागज |
कात्तिक १२, २०८१ सोमबार १६:५६ बजे

काठमाडौँ - आइपिएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई रिटेन नगर्ने भएको छ ।

२०२२ देखि आइपिएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए ।


आइपिएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउँदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ ।

लखनउको पाँच खेलाडीलाई रिटेन गर्दा करिब ५१ करोड घट्ने भएको छ । आइपिएलको महाअक्सनमा हरेक टिमलाई १२० करोडको पर्स दिइएको छ ।


Author

थप समाचार
x