क्रिकेट

अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने

इकागज |
कात्तिक १३, २०८१ मंगलबार १६:७ बजे

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले अस्ट्रेलियाका अलराउण्डर बेन कटिंगलाई भित्र्याएको छ । ३७ बर्षीय अलराउन्डर कटिंगलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको हो ।

बेन लुम्बिनीले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई अनुबन्ध गरेको थियो । लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल रहेका छन् ।


आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
 
लुम्बिनी लाइन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग

जनकपुर बोल्ट्स

- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन


Author

थप समाचार
x