क्रिकेट

सन्दीप जोराको अर्धशतकमा इङ्‌ल्याण्डमाथि नेपालको शानदार जित

इकागज |
कात्तिक १६, २०८१ शुक्रबार ९:२७ बजे

काठमाडौँ- नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।


नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।


Author

थप समाचार
x