क्रिकेट

लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी

इकागज |
कात्तिक २२, २०८१ बिहीबार १६:३९ बजे

काठमाडौँ  - ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ ।

बिहीबार सम्पन्न खेलमा ओमानले युएईलाई ४ विकेटले पराजित गरेको हो ।


युएईले दिएको केवल ७९ रनको लक्ष्य पछाएको ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि युएईले पहिला ब्याटिङ गर्दै २५.३ ओभरमा अल आउट हुँदै ७८ रन मात्र बनाएको थियो ।

यो जितपछि ओमानले लिग-२ को अंक तालिकामा ११ खेलमा १२ अंक हासिल गरेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएईको भने लिग-२ मा यो आठौँ हार हो । १० खेलमा ४ अंक मात्र रहेको युएई अंक तालिकामा पुछारमा रहेको छ ।
  


Author

थप समाचार
x