Ekagaj Logo
२८ कात्तिक २०८१, बुधबार
(Wednesday, 13 November, 2024)

क्रिकेट

युएईलाई हराउदै नेदरल्याण्डस् लिग-२ को तेस्रो स्थानमा उक्लियो

इकागज |
कात्तिक २४, २०८१ शनिबार २०:२५ बजे

काठमाडौँ - नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुँदै १७४ रन बनाएको थियो ।


यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।

यो जितपछि नेदरल्याण्ड्स लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्सको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडि हुँदै तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै युएईले भने लिग-२ मा नवौं हार बेहोरेको छ । युएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।


Author

थप समाचार
x