क्रिकेट

एनपीएलको तयारी तीव्र

इकागज |
कात्तिक २६, २०८१ सोमबार १८:२४ बजे

काठमाडौँ - नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको बताएका छन् । 

एनपीएलका सन्दर्भमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्र रुपले अघि बढिरहेको बताएका हुन् ।


लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । 

खड्काले फ्रेन्चाइज लिगका लागी चूनौतीको रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे । खेल र खेलाडीको विकाससँगसँगै क्रिकेटमा आकर्षण बनाउन लागि पनि लिग महत्वपूर्ण हुने उनले बताए । 

अव हुने पहिलो सँस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोस्रो सँस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए । 

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा नै निगरानी हुने जानकारी दिए ।  लिग अवधि भर एन्टीकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ । 

एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ । 


Author

थप समाचार
x