क्रिकेट

न्युजिल्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

इकागज |
मंसिर ३, २०८१ सोमबार ९:२२ बजे

काठमाडौँ- श्रीलंकाले न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।

गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्युजिल्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।


न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वर्षाले प्रभावित खेल ४७-४७ ओभर खेलाइएको थियो । यस अघि न्युजिल्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो ।

अब सिरिजको अन्तिम खेल मंगलबार खेलिँदै छ ।   


Author

थप समाचार
x