क्रिकेट

एनपिएल खेल्न ४० विदेशी खेलाडी नेपालमा, कुन टिमको खेल कहिले?

इकागज |
मंसिर १५, २०८१ शनिबार ११:१४ बजे

फाइल फोटो

नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ । यस्तो अवस्थामा नेपालमा पहिलो पटक आज देखि नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन् । त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ । त्यहीकारण यो प्रतियोगिताका सम्पूर्ण खेलहरु खेल जगतका प्रतिष्ठित टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ ।


कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने भएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।

खेल तालिका

मंसिर १५ – १२.१५ बजे – विराटनगर भर्सेस जनकपुर

मंसिर १७ गते – ९.१५ बजे – काठमाडौं भर्सेस चितवन

मंसिर १७ गते – १.१५ बजे – जनकपुर भर्सेस कर्णाली

मंसिर १८ गते – ९.१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर

मंसिर १८ गते – १.१५ बजे – चितवन भर्सेस पोखरा

मंसिर १९ गते – ९.१५ बजे – कर्णाली भर्सेस काठमाडौं

मंसिर १९ गते – १.१५ बजे – विराटनगर भर्सेस लुम्बिनी

मंसिर २० गते – ९.१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १.१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९.१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १.१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १.१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९.१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १.१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९.१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १.१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९.१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १.१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९.१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १.१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १.१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९.१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १.१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९.१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १.१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९.१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९.१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १.१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२.१५ बजे – एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२.१५ बजे – फाइनल (पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेता)


Author

थप समाचार
x