क्रिकेट

जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

इकागज |
मंसिर १५, २०८१ शनिबार १४:३२ बजे

काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो । 


विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेलेका थिए भने ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्न सफल भए ।

अकिब इल्यासले १५ रन बनाउँदा ओपनर लोकेश बम पाँच रनमा आउट हुन पुगेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिइरहदाँ किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन  र बेन माइकले एक विकेट लिएका थिए ।

पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ । 
 


Author

थप समाचार
x