एनपीएल : सुदूरपश्चिम र विराटनगर भिड्दै
मंसिर- आज नेपाल प्रिमियर लिग (एनपीएल) को चौथौ र पाँचौँ खेल हुँदैछ ।
आजको पहिलो खेलमा सुदूरपश्चिम र विराटनगर बीचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९:१५ बजेबाट सुरू हुनेछ ।
एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो । पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो । हिजो कर्णालीलाइ जीत हासिल गर्दै जनकपुर बोल्टस दोस्रो पटक विजयी भइसकेको छ ।
आज हुने दोस्रो खेलमा काठमाडौँ र चितवनको महाभिडन्त हुने जनाइएको छ । विराटनगरबाट सन्दीप लामिछाने र सुदूरपश्चिमबाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
विराटनगर किंग्स
सन्दीप लामिछाने– मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान) ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक) ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया