सुदूरपश्चिमसँग विराटनगर ९२ रनले पराजित
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दोस्रो हार ब्योहोरेको छ ।
एनपीएल सुरू भएको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९२ रनले पराजित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा सिमित हुन पुगेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो । यसअघि बिराटनगर जनकपुर बोल्टससँग पराजित भएको थियो, जुन खेल उदघाटनका दिन खेलिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया