लुम्बिनी दियो विराटनगरलाई १९२ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले १९२ रनको लक्ष्य पार गर्नु पर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाएका थिए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, रोजेश पुलामी र इस्मत आलमले समान एक–एक विकेट लिएका छन् ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बीचमा प्रतिस्पर्धा भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने भएका हुन, सो खेल अपरान्ह १:१५ बजेवाट सुरू भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया