क्रिकेट

एनपीएल

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

इकागज |
मंसिर २६, २०८१ बुधबार १०:३२ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा  सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ । बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बलिङ रोजेको जनकपुरलाई सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२४ रनको लक्ष्य दिएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा १२३ रन बनायो ।

जनकपुरले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।


आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गरेका छन् भने सुदूरपश्चिम रोयल्सबाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गरेका छन् । 

जनकपुरले चार खेलमध्ये चार वटैमा जित निकाल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 

त्यस्तै चार खेलमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x