एनपीएल
विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
बिहीबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै लोकेश बमले २६ रन बनाएका छन् ।
त्यस्तै निकोलस किर्टोनले १९ रन जोडेका छन् ।
बसिर अहमदले २१ रन बनाए ।
पोखराका लागि बलिङम सागर ढकालले दुई विकेट लिए ।
रेमोन रेइफरले पनि दुई विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया