क्रिकेट

एनपिएलः जनकपुरका तीन खेलाडी भए आउट

इकागज |
पुस ४, २०८१ बिहीबार १५:७ बजे

काठमाडौं - जनकपुरका तीन खेलाडी प्ले पावरमा आउट भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरका ३ खेलाडी ११ रनमा नै आउट भएका हुन । 


 जनकपुरका ओपनर आसिफ शेख ४ रनमा आउट भएका हुन्, जसलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका हुन भने सो अघि ओपनर शुभ कंशकार आउट भएका थिए ।

ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रन मै समेटिए । जनकपुरको खराब ब्याटिङका कारण खेल कर्णालीको पोल्टामा जाने अनुमान सुरू भएको छ । 

यो खेलमा विजेता टोली शनिवार सुदुरपश्चिमसँग फाइनल खेल खेल्नेछ ।


Author

थप समाचार
x