क्रिकेट

तस्बिरमा एनपीएलको फाइनल

इकागज |
पुस ६, २०८१ शनिबार १३:५१ बजे

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० बजेदेखि सुरू भएको खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो । 

१७ ओभरको खेल चलिरहँदा सुदूरपश्चिमले४ विकेटको क्षतिमा १५६ रन बनाएको छ ।


'प्ले अफ'मा जानुअघि १२ अंकका साथ शीर्ष स्थानमा सुदूरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो ।

आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x