क्रिकेट

दीपेन्द्र सिंह ऐरीले पाए कार

इकागज |
पुस ६, २०८१ शनिबार १७:१८ बजे

 काठमाडौं -  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) मा कार पुरस्कार पाएका छन् । 

कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।


ललित राजवंशी  र रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।

दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

एनपिएलको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।


Author

थप समाचार
x